कूटनीति

देउवाको भारत भ्रमण विविध ढंगले महत्वपूर्ण: मेहता

इकागज | चैत १७, २०७८

काठमाडौँ - नेपाल-भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् । `कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर, पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्वपूर्ण छ,` उनले भने ।

उनले भौगोलिक राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण हत्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए ।

प्रधानमन्त्रीले बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रस्तुत गरे पाँच योजना

इकागज | चैत १६, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको...

बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता

इकागज | चैत १५, २०७८

काठमाडाैँ - नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ...

कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेलाई

इकागज | चैत १५, २०७८

काठमाडाैँ - बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन श्रीलंकामा पुगेका परराष्ट्र मन्त्री नारायण खड्क...