रङ्गमन्च

क्यान्सरले थलिएका नक्कली 'प्रचण्ड' भन्छन् - 'मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ, अब कसरी गर्ने ?'

इकागज | जेठ २७, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन्। 

तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि काममा फर्किन सकेनन्। लामाे समयदेखि क्यान्सरको उपचार गराइरहेका गाैतमको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ । 

विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेको उनले बताए । उनी भन्छन्, 'मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ। अब भारतमा थप उपचारका लागि जाँदैछु। तर, कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन।'

 

कलाकार गौतमलाई कलाकर्मी, साथीभाई र शुभचिन्तकले आर्थिक सहयोग गर्दै आएको भएता पनि सरकारी तवरबाट कुनै पहल नभएको उनी बताउँछन्।  प्रधानमन्त्री प्रचण्डसम्म कुरा पुगेको भएता पनि सहयोग र आफ्नो उपचारबारे अहिलेसम्म कुनै सहयोग नपाएको उनले दुखेसो पोखे।

भैरव अर्यालको आत्मासँग साक्षात्कार गर्ने आँखीझ्यालः ह बिन्दु राम पण्डित

प्रदिप देवकाेटा | असोज १२, २०८०

टाढा टाढा एउटा गाँउमा बाजे बराजु मरेकै ठाँउमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै ...