शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कमलेश डिसी र विनयकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | कात्तिक २८, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

उनीहरूविरुद्ध प्रश्नपत्रको गोपनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा उनीहरूलाई लागेकाे छ ।

सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

विज्ञप्ति-

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा मिति २०७७।१०।१९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अङ्‍क थपघट गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय अनुसारको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।   
देहाय:
(क)    अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्‍क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्‍कलाई पटक-पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तर्वार्ताको क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको Symbol No. राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्‍कको आधारमा अन्तर्वार्तामा अङ्‍क प्रदान गर्ने योजना बनाई सोही बमोजिम अङ्‍क प्रदान गर्न पहिले दिएको अङ्‍क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकोले निज अंग्रेजी विषयका विज्ञ एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहप्राध्यापक डा. विनय कुमार दासलाई ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न मागदावी लिइएको छ ।
(ख)    परीक्षा समितिका संयोजक सहायक डिन कमलेश डि.सी.ले अंग्रेजी विषयको Scrutiny Board को तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक-पटक दिएको अङ्‍क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनौट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि Symbol No. लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अङ्‍कसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेदबदल गरे गराएको समेत देखिँदा निज मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक तथा Scrutiny Board सदस्य श्री कमलेश डि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न मागदावी लिइएको छ ।


प्रवक्ता
श्याम प्रसाद भण्डारी

शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री

इकागज | कात्तिक २६, २०७९

गलकोट- नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोम...

आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न आयोगको निर्देशन

इकागज | कात्तिक २४, २०७९

काठमाडौं - निर्वाचन आयोगले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ ।&nbs...

अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनाेट तपाईंको

विनोद अधिकारी | कात्तिक २३, २०७९

पैसाले अहिलेको समयमा यति महत्व पायो कि अब मानव जीवनको निम्ति प्राणपछिको प्रिय वस्तु संभवत: पैसा नै ह...

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

इकागज | कात्तिक १८, २०७९

रामपुर (पाल्पा) - भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर...

नेपाली युवाले अमेरिकामा जन्माएको ‘जेबेक’, वर्ष दिन नबित्दै बन्‍यो बिलियन डलरको कम्पनी

कमल धिताल | कात्तिक १७, २०७९

स्थापनाको एक वर्ष नबित्दै अमेरिकी बजारमा ‘जेबेक कम्पनी’ एक बिलियन डलरको कम्पनी बन्यो । यो क...

बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

इकागज | कात्तिक १०, २०७९

पाँचथर- जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथर...