शिक्षा

कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण

इकागज | असोज १७, २०७९

 काठमाडौंँ - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा आगामी असोज ३० र ३१ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।

कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको पूरक परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।


नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

 

मेटाभर्स के हो ?

इकागज | असोज १७, २०७९

काठमाडौँ - पछिल्लो केही महिनादेखि लगातार मेटाभर्सको चर्चा भइरहेको छ । गत वर्ष अक्टोबरमा मेटा (फ...

सुदूरपश्चिम प्रदेशका मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | असोज ७, २०७९

कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घब...

सामुदायिक विद्यालयमा दिवा खाजा : कहिले अर्धकाँचो त कहिले खाजा नै नभेटिने

इकागज | असोज ७, २०७९

पाेखरीया- सरकारले विद्यालयमा दिवा खाजा व्यवस्था गर्न बर्सेनि ठूलो स्रोत/साधन खर्च गर्दै आएको छ । स्था...