शिक्षा

कुश्मा नगरपालिकाले एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिने

इकागज | कात्तिक ५, २०७९

पर्वत - पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो ।

कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

मासिक रुपमा विद्यार्थीहरुलाई दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनले बताए ।

यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए । 

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

इकागज | असोज ३१, २०७९

काठमाडौँ- निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अ...

विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम

इकागज | असोज २९, २०७९

जुम्ला- बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ ।...

सूचना प्रविधिमा कसरी परजीवी बनाइएको छ नेपालीलाई?

नेपालले गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता...