शिक्षा

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग

इकागज | भदौ २३, २०७९

काठमाडौँ - उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ ।
     
नेपाल सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ ।
     
संघीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानुनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ । युनियका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । 

उनले उक्त तहमा पढाउने शिक्षकलाई माध्यमिक द्वितीय तहका हुनेगरी एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, प्रतिस्पर्धामा भाग लिएर असफल हुने वा भाग नलिनेका लागि सेवाबाट हटाउन नहुने तथा उचित निवृत्तिभरण हुनुपर्ने माग गरे । हाल उक्त तहमा तीन हजार पाँच सय विद्यालय, सात लाख विद्यार्थी र करिब १४ हजार शिक्षक रहेका छन् ।
     
युनियनका पूर्वअध्यक्ष पुष्प न्यौपानेले यसअघि अर्थमन्त्री, शिक्षामन्त्री र सम्बद्ध निकायलाई ध्यानाकर्षण दिइसकेको जानकारी दिए । उनले अब सांसदहरुलाई ध्यानाकर्षण गराउने जनाउँदै दोस्रो चरणमा यही भदौ २६ गतेदेखि ३० गतेसम्म विरोधका प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए । रासस

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक : विज्ञ

इकागज | भदौ २३, २०७९

काठमाडौंँ - देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड ...

गणित शिक्षकको नतिजा : माग संख्याभन्दा कम शिक्षक अन्तर्वार्ताका लागि छनौट

इकागज | भदौ २३, २०७९

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित विषयको परीक्षाफल प्रकाशित गरेको छ । गत चैत १५ र अस...

कन्या क्याम्पसमा विद्यार्थी  : पहिले खोज्नुपर्थ्यो, अहिले रोक्नुपर्छ

इकागज | भदौ २२, २०७९

चितवन - विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनस...