शिक्षा

सामसङका २८ हजार कामदारले एकदिने 'वाकआउट' गर्ने

इकागज | जेठ २५, २०८१

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सका युनियनमा आवद्ध कामदारहरूले पारिश्रमिकलाई लिएर शुक्रबार एक दिने 'वाकआउट' गर्ने निर्णय गरेका छन् ।

युनियनका एक अधिकारीले सामसङ इलेक्ट्रोनिक्समा पहिलोपटक वाकआउट गर्ने अर्थात विदा लिने निर्णय गरिएको बताएका आईएएनएसले जनाएको हो ।

नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसइयू) का लगभग २८ हजार सदस्यहरू सामूहिक रूपमा वाकआउट गर्ने तयारी रहेपनि केही विश्लेषकहरूले यस कार्यले उत्पादनमा कुनै ठूलो असर नपर्ने अपेक्षा गरेका थिए ।

एनएसइयूले वाकआउटमा सम्मिलित हुने कामदारहरूको संख्या नखुलाइने तथा यसमा सहभागीहरुको सहभागिता जनाउने निर्णय स्वैच्छिक जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्सले सन् १९६९ मा स्थापना भएदेखि अहिलेसम्म हडताल भएको छैन ।

४ वर्षे स्नातक तहको आंशिक परीक्षाका लागि त्रिविले निकाल्यो फारम भर्ने सूचना

इकागज | जेठ २४, २०८१

काठमाठौँ- त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७९ को आंशिक परीक्षा दिने परीक्षार्थीहरूका...

भारतीय आईटी कम्पनी इन्फोसिसले ७६ प्रतिशत कम कर्मचारी भर्ना गर्‍यो

इकागज | जेठ २३, २०८१

काठमाडौँ- भारतको दोस्रो ठूलो आईटी कम्पनी इन्फोसिसको सन् २०२४ मा कलेजका ग्राजुएटलाई दिने रोजगारीमा ७६ प्...

माइक्रोसफ्टले स्विडेनमा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चर विस्तार गर्न ३३.७ बिलियन स्विडिस क्राउन लगानी गर्ने

विवेक देवकोटा | जेठ २२, २०८१

काठमाडौँ- जेनेरेटिभ एआईको बढ्दो लोकप्रियताले क्लाउड सेवाहरूको मागलाई बढाएको छ, जसले माइक्रोसफ्ट र अमेज...

माछापुच्छ्रे बैंकद्वारा सल्यानको त्रिभुवन विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

इकागज | जेठ २१, २०८१

काठमाडौँ- माछापुच्छ्रे बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित श...