शिक्षा

शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन मोरङमा लिटिल एन्जल्सको कार्यशाला

इकागज | जेठ २०, २०८१

मोरङ- शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरका शिक्षकको सहभागितामा लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले कार्यशाला गोष्ठी गरेको छ । शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौती कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम गरिएको कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले जानकारी दिए ।

मंगलबार विराटनगरमा आयोजित गोष्ठीमा प्रशिक्षकसमेत रहेका प्रधानाध्यापक पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौती र निराशालाई न्यूनीकरण गर्दै शिक्षकको काम प्रभावकारी गराउन कार्यक्रम केन्द्रित भएको बताए ।

शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनेमा जोड दिएका प्रशिक्षक डा.पौडेलले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको विषयमा प्रस्ट्याइएको जानकारी दिए ।

कार्यक्रममा कलेजकी सहायक एकेडेमी डाइरेक्टर डा. स्मृति कला पन्तले विश्वमा फैलिएको कोभिड १९ महामारीपछि शिक्षण क्षेत्रको विकासबारे प्रस्तुति दिएकी थिइन् । त्यसैगरी, हिसानका उपाध्यक्ष भेषराज पोखरेलले शिक्षण पेसामा देखिएको समस्या र चुनौती निराकरणका लागि छलफल प्रभावकारी भएको बताएका छन् ।

करिब ४० जना शिक्षकको सहभागिता रहेको कार्यशाला गोष्ठी डा. पौडेल र डा. पन्तले संयुक्तमा सञ्चालन गरेका थिए । गोष्ठीमा विराटनगरका शिक्षादीप कलेज, मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडेल कलेज र ग्रीनल्याण्ड कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो ।

सामसङको चिप प्रणाली बिडमा मूल्य निर्धारण गरेको आरोपमा १२ फर्मलाई जरिवाना

इकागज | जेठ २०, २०८१

काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले सामसङ एसडीएसको सेमीकन्डक्टर अनुगमन र नियन्त्रण प्रणालीमा बि...

त्रिवि स्नातक तहको वार्षिक क्यालेन्डर : २०८१ पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा

इकागज | जेठ १८, २०८१

​काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । ...

जेनएआई-आधारित स्मार्टफोनको विश्वव्यापी बिक्रीको हिस्सा ६ प्रतिशत

इकागज | जेठ १८, २०८१

काठमाडौँ- जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) मा आधारित स्मार्टफोनले सन् २०२४ को पहिलो त्रैमासमा...

माइक्रोसफ्टद्वारा सञ्‍चालित एआई कोपाइलट टेलिग्राममा जडान

विवेक देवकोटा | जेठ १७, २०८१

काठमाडौँ- यदि तपाईँ टेलिग्राम एप प्रयोग गर्नुहुन्छ भने तपाईँलाई यो खबरले धेरै खुसी दिन सक्छ । माइक्रोसफ्...