शिक्षा

सरकार र शिक्षकबीच वार्ता हुँदै : हिजोको छलफल सकरात्मक, आजै सहमति हुनसक्ने

इकागज | असोज ५, २०८०

काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ भएको वार्ता सहमतिनजिक भएपछि आज बिहान ८ बजे पनि वार्ता हुन लागेको हो ।

नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए । उनले भने, 'आज बिहान ८ बजे सरकारले वार्ताका लागि पुनः बोलाएको छ । शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ ।' 

उनका अनुसार वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । आज त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए । 

त्यस्तै कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँग छलफल सकारात्मक रहेकाले आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए । 'आज सकारात्मक छलफल भएको छ । अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको हो । आज बिहानसम्म टुङ्गिन्छ' उनले भने ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए ।

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौँमा

इकागज | असोज ४, २०८०

काठमाडौं- आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।  आफ्ना माग पुरा गराउनका ...

सरोकारवाला भन्छन् : विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो

इकागज | असोज ३, २०८०

काठमाडौँ- सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।&nbs...

शिक्षकले विद्यालय बन्द गरेर आन्दोलनमा गए  काठमाडौँमहानगरले कारबाही गर्ने

इकागज | असोज ३, २०८०

काठमाडौँ– काठमाडौँ महानगरापलिकाले विद्यालयका शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा गएको ...

माइतीघरमा शिक्षकहरूको प्रश्न : हौसला र प्रेरणा खोई सरकार ? {फोटो फिचर}

इकागज | असोज ३, २०८०

काठमाडौँ- संसद्‌का दर्ता भएको शिक्षासम्बन्धी बिधेयकप्रति आपत्ति जनाउदै शिक्षकहरुले काठमाडौंमा बृ...