शिक्षा

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

इकागज | भदौ १०, २०८०

काठमाडौँ  - काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । 

उनका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडौँ ताहाचल, मान्टारबाट शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए । रासस

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग

इकागज | भदौ १०, २०८०

काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविघ) ले इञ्जिनियरिङ अध्ययन संस्थ...

प्रधानमन्त्रीले भने : इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू

इकागज | भदौ ८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल न...

१२ कक्षासम्म निःशुल्क शिक्षा दिने कुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो : भट्टराई

इकागज | भदौ ८, २०८०

काठमाडाैँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्म...

छात्रवृत्ति पाएका विद्यार्थीबाट विद्यालयले शुल्क लिए महानगरले कारबाही गर्ने

इकागज | भदौ ५, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सि...

स्थानीय पाठ्यक्रम लागू, 'हाम्रो मौलापुर' पुस्तक विद्यार्थीको हात हातमा

इकागज | भदौ ३, २०८०

रौतहट- रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिक...