शिक्षा

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा

इकागज | भदौ ३, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी द्रिए । उनका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो । 

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्‍याएको कोइरालाले बताए । भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ ।
रासस

रिद्धिसिद्धि सिमेन्टको 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०' छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

इकागज | भदौ ३, २०८०

काठमाडौँ– रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्ला...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

इकागज | साउन ३२, २०८०

काठमाडौँ- नेपाल सरकारको दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्...

कक्षा १२ को नतिजा चित्त नबुझे हेर्न र पुनः परीक्षण गराउन पाउने, ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

इकागज | साउन ३१, २०८०

भक्तपुर- कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ...

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

इकागज | साउन ३०, २०८०

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्...

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिरमा, १८० स्टल राख्ने तयारी

इकागज | साउन ३०, २०८०

काठमाडौँ– दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आगामी मंसिरमा हुने भएको छ । साेमबार दर...