शिक्षा

चिकित्सा शिक्षा क्षेत्रका समस्याहरूको अध्ययन गर्न कार्यदल बनाइने

इकागज | भदौ २२, २०८०

काठमाडाैँ– प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो ।

कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ । समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको अध्ययन गर्दै सरोकारवालाहरूसँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए । 

शुक्रबारको बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल भएको थियो ।

समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ : मन्त्री राई

इकागज | भदौ २२, २०८०

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ...

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

इकागज | भदौ १५, २०८०

दोधारा चाँदनी (कञ्चनपुर)- सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ ।...

राष्ट्रिय पुस्तकालय निर्माण निर्वाध ढंगले अगाडि बढाइनेछ : शिक्षामन्त्री

इकागज | भदौ १५, २०८०

काठमाडाैँ–  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्मा...

आईएनजी स्किल एकेडेमीले भरतपुरमा सम्पन्न गर्यो दुई दिने प्राविधिक कार्यक्रम

इकागज | भदौ १३, २०८०

काठमाडौँ – आईएनजी स्किल एकेडेमीले चितवनको भरतपुरमा दुई दिने प्राविधिक कार्यक्रम सफलतापूर्वक आयोज...