यस्तो छ ललितपुर महानगरको पछिल्लो मतगणना अपडेट
काठमाडौँ- ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि रहेका छन् । महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रत्यासी बनेका हरिकृष्ण ब्यञ्जनकार १३ हजार १ सय २४ मत पाएका छन् ।
उप मेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएकी मन्जली शाक्य बज्राचार्यले १२ हजार ९ सय ४ मत पाएर आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रत्यासी बाबुराज बज्राचार्य भन्दा ३ हजार ७ सय २७ मतले अगाडि रहेकी छिन् । माओवादी उम्मेदवार बज्राचार्यले ९ हजार १ सय ७७ मत प्राप्त गरेका छन् ।