मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ : अर्थमन्त्री पौडेल

इकागज | साउन ११, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरूलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । 

उनले भने, 'मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रूपमा आएको छ,' अर्थमन्त्री पौडेलले भने, 'मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।'

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरूलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे । 

मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका थिए ।
 

दूरदराजका जनतामा पुग्‍ने गरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ : मन्त्री खड्का

इकागज | साउन १०, २०८१

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रव...

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

इकागज | साउन ७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे...

ऊर्जामन्त्री खड्काले भने- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिन्छन्

इकागज | साउन ७, २०८१

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोड...

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति, विद्युत् सेवा अवरुद्ध

इकागज | असार ३१, २०८१

सिन्धुपाल्चोक - याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाला...

मन्त्रालयबाट बिदाइ हुँदै मन्त्री बस्नेतले भने - ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएका छौँ

इकागज | असार ३०, २०८१

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा...

डेडिकेटेड र ट्रंकलाइन विवाद : अटेर गर्ने तीन उद्योगको लाइन प्राधिकरणले काट्‌यो

इकागज | असार २६, २०८१

काठमाडौँ- डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको ला...