१० महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

इकागज | बैशाख २५, २०८१

सिन्धुपाल्चोक- सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले रु १० करोड रकम आयोजनासँग माग गरेका छन्  । आयोजनाले यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बताउँदै आइरहेको छ ।

यही कारण प्रसारण लाइनको तार तान्ने काममा अवरोध भएपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले बाह्रबिसे नगरपालिकालाई रु एक करोड १० लाख र भोटेकोशी गाउँपालिकालाई रु ७० लाख रकम प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको छ । आयोजना कार्यालयबाट आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म सामाजिक उत्तरदायित्व कार्यक्रममा रु ३२ करोड १८ लाख ९५ हजार एक सय ६५ रकम खर्च भएको जनाइएको छ । १०२ मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्ने काममा अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन् ।  

राष्ट्रिय आयोजनामा यसरी अवरोध हुँदा एक महिनामा रु १२ करोड बराबरको घाटा बेहोर्नु परेको सिवाकोटीको भनाइ छ । सामाजिक उत्तरदायित्वको कामका लागि बजेट नदिएपछि स्थानीयवासीले मुआब्जासमेत लिएका छैनन् । आयोजनाको टावरमुनिको जग्गाधनीलाई मुआब्जा वितरण नहुँदा पनि काममा ढिलाइ भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले कानुनअनुसार मुआब्जा निर्धारण भएकाले प्रभावित जग्गा धनीले मुआब्जा रकम बुझ्नुको विकल्प नरहेको बताए । यदि प्रभावितले मुआब्जा रकम नबुझेमा स्वतः राज्य कोषमा रकम दाखिला हुने प्रचलित ऐनमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।

 मध्यभोटेकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले अब मुआब्जा बुझ्न अन्तिम सूचना प्रकाशनको तयारीमा आयोजना पुगेको बताउँदै आवश्यक परेको अवस्थामा सुरक्षा स्रोत परिचालन गरेर भए पनि काम अघि बढ्ने दाबी गरे । विसं २०८० को चैत मसान्तसम्म मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अवधिको ब्याजसहित रु १९ अर्ब ७५ करोड १९ लाख ५३ हजार खर्च भएको छ । हाल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । रासस

१० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकियो, जलविद्युत् आयोजनाको काम प्रभावित

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोज...

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायह...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्‍न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशे...

अर्थमन्त्रीसँग जनप्रतिनिधिले भनेः चालु आर्थिक वर्षसम्मको विद्युत बक्यौत राफसाफ होस्

इकागज | बैशाख १४, २०८१

ललितपुर- काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग भेटेर चालु आर्थिक वर्षसम्मको विद्युत बक्य...

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

इकागज | बैशाख १०, २०८१

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दू...