ऊर्जामन्त्री बस्नेतसँग बेलायतका राजदूतको शिष्टाचार भेट

इकागज | भदौ १३, २०८०

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । 

सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने बताए ।
उनले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका न्यून भएपनि जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशले ठूलो समस्या भोग्नुपरेको स्पष्ट पार्दै त्यसबाट जोगिनका लागि अनुकूलनका उपायहरुको खोजी गरिरहेको बताए ।

सो अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री बस्नेतको सचिवालयले जनाएको छ । 
बेलायती राजदूत रोब फेनले पछिल्ला दिनमा नेपालले ऊर्जा क्षेत्रमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै थप सहकार्यका बारेमा नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

उनले नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै एक अर्काको समान चासोलाई सम्मान गर्दै अगाडि बढ्ने बताए । सो भेटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतको सहभागिता थियो । 

यस्तै, ऊर्जामन्त्री बस्नेतसँग आजै चिनियाँ एक्जिम बैंकका प्रतिनिधि झाओ लियाङले शिष्टाचार भेटवार्ता गरेका थिए ।  सो भेटमा पनि ऊर्जामन्त्री बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकार र चिनियाँ पक्षले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए ।

सो अवसरमा आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप सहयोग विस्तारलगायतका विषयमा छलफल भएको थियो । 
 

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | भदौ १२, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सु...

नौ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो

इकागज | भदौ १०, २०८०

काठमाडौँ- नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण ला...

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणा यसै वर्ष

इकागज | भदौ ६, २०८०

कास्की-गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम...

प्रधानमन्त्रीद्वारा नयाँ भरतपुर सबस्टेसन र बर्दघाट प्रसारण लाइन उद्घाटन

अतिन आचार्य | भदौ ५, २०८०

भरतपुर (चितवन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ दुई ठूला विद्युत् संरचनाको आज ...

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२० केभी उद्घाटन

इकागज | भदौ ५, २०८०

चितवन- हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२०...