दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

इकागज | चैत २३, २०७९

नेपालगञ्ज- बाँकेको खजुरामा सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए ।    

प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए । "हामीले विद्युत् कोहलपुर सबस्टेशनमा जोडेका छौँ, दुई दिनपछि मात्रै वितरण हुन्छ,' गुप्ताले भने । तेत्तीस केभी विद्युत् कोहलपुर सबस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । 

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर–४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भई चटार हुँदै कोहलपुर सबस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लीलाधर चापागाईँले बताए ।

रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षण भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए ।

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । "अब गर्मी बढ्यो, यतिबेला अलि बढी विद्युत् चाहिन्छ,' उनले भने ।

सो सोलारबाट विद्युत् उत्पादन हुन रु एक अर्ब खर्च भएको छ । थप १० मेगावाटका लागि पनि रु एक अर्ब खर्च हुने कम्पनीले जनाएको छ । गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले उक्त उत्पादन गरेको हो ।

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

इकागज | चैत २३, २०७९

किमाथाङ्का- सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकख...

बाढीले क्षति पुर्‍याएकाे टावरकाे निर्माणपछि दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा

इकागज | चैत २३, २०७९

काठमाडौँ । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिड...

ब्रम्हायणी र अप्पर ब्रम्हायणी जलविद्युत आयोजनामा चार बैंकले लगानी गर्ने

इकागज | चैत १८, २०७९

काठमाडौँ- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा निर्माण हुने ब्रम्हायणी (३५.४७ मेगावाट) ...

अख्तियारले खारेज गरेको दुवै आयोजना निर्माण सम्पन्न (भिडियोसहित)

इकागज | चैत १६, २०७९

काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले प्रवर्द्धन गरेको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना (१९.८ ...