नेपाल-भारत विद्युत् आदान–प्रदान औसत दर ५.५ प्रतिशतले बढ्‌यो

इकागज | चैत ४, २०७९

काठमाडौँ- नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा हिजो शुक्रबार सम्पन्न आदान प्रदान समितिको १४ औँ बैठकले यस्तो निर्णय गरेको नयाँ दिल्लीबाट इकागजलाई प्राप्त विवरणमा उल्लेख छ । 

यसअनुसार औसत विद्युत् मूल्य प्रतियुनिट ७.२१ भारु (११ रुपैयाँ ५३ पैसा) हुनेछ । यो दर १३२ केभीको हो । सन् २०१९/२० देखि हालसम्म ‘टेक एण्ड पे’ (बिजुली खरिद गरे मात्र भुक्तानी हुने) आधारमा बिजुली औसत भाउ वृद्धि गरिएको प्राधिकरण स्रोतले बतायो ।

भारतसँग १३२ केभी, ३३ केभी र ११ केभीमा विद्युत् आदान प्रदान हुँदै आएको छ । हाल ११ केभीको प्रसारण लाइन उपयोगमा छैन । ३३ केभीको औसत दर १३२ केभीको भन्दा प्रतियुनिट ७.५ प्रतिशतले बढी छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको थिए भने उनको समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य (पावर सिष्टम) अशोककुमार राजपुतले गरेका थिए । 

मध्य भोटेकोसीबाट चार महिनाभित्र विद्युत् उत्पादनको लक्ष्यका साथ निर्माण धमाधम

इकागज | फागुन २६, २०७९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको  अगुवाइमा सिन्धुपाल्चोकम...

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

इकागज | फागुन २५, २०७९

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्...