ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

इकागज | भदौ १३, २०७९

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ । 

सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोप्रति धन्यवाद व्यक्त गरिन् ।

विकास साझेदार मुलुकहरूको सहयोगमा नेपालले सुशासन एवं समावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थिरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौसम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् ।

नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवर्द्धन एक रहेको बताउँदै उनले उल्लेख्य मात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएकोप्रति खुसी व्यक्त गरिन् ।

सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशमा मौसमजन्य प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उनले स्लोभाकमा उत्पादन भएका राडार, पूर्वानुमानका पूर्वाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए ।

भेटमा मन्त्रालयका सहसचिवद्वय बाबुराम भण्डारी, चिरञ्जीवी चटौतसहित परराष्ट्रका अधिकारीको उपस्थिति थियो ।

दस वर्षसम्म शेयर बेच्न नपाउने कानुन किन ? पत्रकारको प्रश्नमा ऊर्जा मन्त्रीले जवाफ दिइनन्

इकागज | भदौ १२, २०७९

काठमाडौं - स्वदेशका निजी क्षेत्रलाई जलविद्युत्‌मा छिर्नै नसक्ने गरी ‘कानुन’ बनाएर ल...

जलविद्युत्‌मा संस्थापक शेयरधनी संख्या माओवादीका मतदाताभन्दा बढी

विकास थापा | भदौ १०, २०७९

काठमाडौं । आगामी असोज महिनादेखि विद्युत् उत्पादन परीक्षण गर्न लागेको साहस इनर्जीको जलविद्युत् आयोजना...

लगानी बोर्डले एनएचपीसीबाट पर्फर्मेन्स बन्ड १ अर्ब ४३ करोड र अध्ययन दस्तावेजको ३२ करोड पाउने

इकागज | भदौ ९, २०७९

काठमाडौँ - लगानी बोर्ड कार्यालयले एनएचपीसीसँगको पश्चिम सेती तथा सेती नदी-६ परियोजना अघि बढाउने सम्बन्ध...