आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत्‌ उत्पादन बन्द

इकागज | जेठ २९, २०७९

काठमाडौँ- आज तीन वटा जलविद्युत्‌‌ आयोजनाको विद्युत्‌ उत्पादन ठप्प हुने भएको छ ।

नेपाल विद्युत्‌ प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युत्‌‌गृहबाट आइतबार विद्युत्‌ उत्पादन नहुने भएको हो । ती विद्युत्‌गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत्‌ उत्पादन बन्द हुनेछ । 

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युत्‌गृहबाट विद्युत्‌ उत्पादन बन्द हुने छ ।

पहिरोले मध्यमर्स्याङदी-मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । 

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत्‌्‌गृहबाट उत्पादित विद्युत्‌ पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत्‌ उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत्‌ आपूर्ति गर्ने जनाइएको छ ।

भोलिबाट ३६४ मेगावाटै निर्यात, प्राधिकरणलाई दैनिक ७ करोड आम्दानी

इकागज | जेठ २६, २०७९

काठमाडौँ- भोलि (शुक्रबार)देखि नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको ...

अन्तर्राष्ट्रियस्तरको विद्युत् वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

इकागज | जेठ २५, २०७९

काठमाडौंँ - विद्युत प्राधिकरणले विद्युत वितरण तर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण...

विद्युत प्राधिकरण सुदूरपश्‍चिमले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने

इकागज | जेठ २४, २०७९

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण सुदूरपश्‍चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने...