फुटबल

गुन्डोगनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

इकागज | भदौ ४, २०८१

काठमाडौँ- जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३३ वर्षियले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।

अहिले उनले बार्सिलोना छाडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले क्लब र देशका धेरै खेलहरूका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।

साफ यू २० च्याम्पियनसिपका खेलहरू सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने

इकागज | साउन ३१, २०८१

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू २० च्याम्पियनसिपका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्...