फुटबल

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

इकागज | कात्तिक ४, २०८१

काठमाडौँ - बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

पाकिस्तानका लागि खेलको ३१औँ मिनेटमा जाहमेना मालिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।

यो बराबरीपछि समूह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समूह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शीर्ष स्थानमा छ ।

अब समूह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।

नेपाल फर्किदै साम्बा

इकागज | कात्तिक ४, २०८१

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्...

यौन भिडियो बनाएको आरोपमा ‘फुटबलर’ ह्वाङलाई चार वर्षको जेल सजाय माग

इकागज | कात्तिक १, २०८१

काठमाडौँ - दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोलाई गैरकानुनी रुपमा यौन सम्बन्धको भिडि...