फुटबल

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

इकागज | असोज २१, २०८१

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरको छ । गएराती भएको खेलमा बार्सिलोनाले आल्भेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं  मिनेटमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास

इकागज | असोज १६, २०८१

काठमाडौँ- स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट सन्यास लिएका छन् । ४० वर्षीय इनेस्टाले आफ्नो सन्...