फुटबल

नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा

इकागज | माघ १४, २०८०

काठमाडौँ - नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।

नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए । उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए ।

यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी गएराति सम्पन्न अर्को खेलमा एंगोलाले नामिबियालाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । 

अब क्वाटरफाइनलमा एंगोला र नाइजेरिया भिड्ने भएका छन् । त्यस्तै हारसँगै नामिबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

आयोजक कतारसँगै ताजकिस्तान एसियन कप फुटबलको प्रि-क्वार्टरफाइनलमा

इकागज | माघ ९, २०८०

काठमाडौँ- आयोजक कतारसँगै ताजकिस्तान एएफसी एसियन कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।...