फुटबल

च्याम्पियन्स लिग

पीएसजीले बायर्नलाई हरायो, पोर्टोमाथि चेल्सीको जित

इकागज | चैत २६, २०७७

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हराएको छ । बुधबार राती भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे । बायर्नका लागि मोटिस र मुलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ । गएको सिजनमा फाइनल पुगेर पनि उपविजेता बनेको पीएसजीले उपाधि गुमाउँदाको बदला समेत लिएको छ । यसअघि अन्तिम १६ मा पनि पीएसजीले बार्सिलोना जस्तो बलियो टिमलाई हराएर क्वाटरफाइनल पुगेको थियो । अब बराबरी मात्रै खेल्न सके पीएसजी सजिलै फाइनल पुग्नेछ । 

यस्तै गएराती भएको अर्को खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले हराएको छ । चेल्सीलाई जिताउन मेसुन माउन्ट र बेन चिलवालले गोल गरे । चेल्सीले पनि च्याम्पियन्स लिगको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी, लक्ष्य सुन्दर फुटबल र साफ च्याम्पियन्सिप

इकागज | चैत २२, २०७७

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय फुटबल टिमको मुख्…

रियल म्याड्रिडको अध्यक्षमा उम्मेद्‌वारी दिन न्यूनतम शर्त, १२ करोड यूरोको बैंक ग्यारेन्टी

इकागज | चैत २१, २०७७

काठमाडौँ : स्पेनी क्लब बार्सिलोनाले नयाँ अध्यक्ष पाएको धेरै समय भएको छैन । बार्सिलोनाको प्रतिद्वन्द्वी क्…