सुशासन

सर्वोच्चमा आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने

इकागज | साउन २०, २०७९
काठमाडौँ - सर्वोच्च अदालतले शुक्रबार पनि पूरा समय सेवा प्रवाह गर्ने भएको छ । बाँकी रहेका पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पनि  पूरा समय सेवा प्रवाह गर्ने भएको हो । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।      ...