सरकार

जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

इकागज | मंसिर १७, २०८१

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्ने गरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको अन्तरसंवादमा मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्ने गरी दीर्घकालीन योजनाअघि सार्नुपर्ने सुझाव दिए। 

राजनीतिक रूपमा चुनिने जनप्रतिनिधिको तलबी सेवा सुविधामा पनि पुनरावलोकन गर्नुपर्ने तर्क उनको छ। जनप्रतिनिधिले तलब पाउने चलन आफैंमा ठिक होइन। पुनरावलोकन गर्नुपर्ने उनले बताए।

उनले तलब दिने चलनले धेरै विकृति र विसंगति भित्र्याएको छ। चुनाव लड्नेदेखि हरेक क्षेत्रमा विकृति, विसंगति भित्रिएको आचार्यले दाबी गरे।

आयोजनाको नाममा खोलिने छुट्टै कार्यालयले चालू खर्च बढाएको छ। वर्गीय रूपमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न पुनरावलोकन गर्न सकिने उनले बताए।

´चालू खर्च घटाउन निर्मम बन्नुपर्ने वेला आएको छ। आयोजना सञ्चालन गर्ने नाममा छुट्टै कार्यालय सञ्चालन गरेर चालू खर्च बढ्छ। जुन कार्यालयबाट काम अघि बढ्छ। त्यहीँबाट कार्यसम्पादन हुनुपर्छ`‚ उनले भने ´प्रशासनिक खर्च घटाउन जरूरी छ। अब जनशक्तिमा पनि पुनरावलोकन हुनुपर्छ भन्ने लाग्छ।` 

अन्तर मन्त्रालय समन्वय, लगानीमैत्री कानुन निर्माण गर्न जरुरी रहेको उनले बताए। 

प्रदेशको आन्तरिक स्रोतको पहिचान गरिएको र राजस्वको दायरा फराकिलो बनाउने गरी काम भइरहेको उनले बताए।

प्रकाशमान सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

इकागज | मंसिर १७, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज उपप्रध...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

इकागज | मंसिर १७, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् । ...

कार्यान्वयनमा आयो ‘भिभिआइपी’ बिदाइ र स्वागतमा घटाएको पदाधिकारी सङ्ख्या

इकागज | मंसिर १७, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यव...

मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय

इकागज | मंसिर १६, २०८१

काठमाडौँ - मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । ...

उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

इकागज | मंसिर १६, २०८१

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दि...

ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैनः सञ्चारमन्त्री गुरुङ

इकागज | मंसिर १६, २०८१

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै संघीयताक...

१२ करोड बढीको छपाई प्रज्ञा छापाखानाबाटै,  राज्यको करिब चार करोड जोगिने

इकागज | मंसिर १६, २०८१

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छा...