सरकार

सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

इकागज | मंसिर ३०, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरेका छन् । 

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भनेका छन्, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।”

प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उनको भनाइ छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । 

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : अध्यक्ष दाहाल

इकागज | मंसिर ३०, २०८१

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सा...

रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली

इकागज | मंसिर २९, २०८१

काभ्रेपलाञ्चोक - प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास ...

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति यादव

इकागज | मंसिर २९, २०८१

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहे...

प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह

इकागज | मंसिर २९, २०८१

चितवन- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकत...

उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट

इकागज | मंसिर २८, २०८१

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय &ls...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

इकागज | मंसिर २८, २०८१

 खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्...

प्रधानमन्त्री ओलीले भने-राष्ट्रिय एकता हाम्रो मूल मन्त्र

इकागज | मंसिर २८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको ...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो : प्रधानमन्त्री ओली

इकागज | मंसिर २८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहे...