सरकार

प्रधानन्यायाधीश नियुक्ति गर्न कानुन व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

इकागज | चैत ३०, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्‌को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

इकागज | चैत २७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्...

कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाडौं महानगरलाई गृहमन्त्रीको आग्रह

इकागज | चैत २७, २०७९

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न&...

अर्थसचिव राय भन्छन्- सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन

इकागज | चैत २६, २०७९

काठमाडौँ - अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएक...

प्रदर्शनमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

इकागज | चैत २४, २०७९

काठमाडौँ - कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्न...