सरकार

सरकारले नागरिकता विधेयक छिट्टै संसद्‍मा पेश गर्नेछ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | बैशाख १३, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसद्‍मा पेश गर्ने बताएका छन् ।

राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानुन अनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ सिराबाट त्यो विधेयक छिट्टै संसद्‍मा ल्याउने तयारी गरेको उनको भनाइ थियो । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरूले भनेजस्तो राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको सो विधेयकलाई कानुन, संविधान र नियमावली अनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको पनि बताए ।

मन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतिमा जोड दिन चाहेको पनि स्पष्ट पारे । यदि राष्ट्रिय सहमति भएन भने पनि संसद्‍बाट पारित गराएर संविधान अनुसार नागरिकता पाउनेहरूलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठकाे भनाइ छ । उनले सरकारले अब संसद्‍मा ल्याउने नागरिकता विधेयक संसद्‍बाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले संविधान अन्तरगत कानुन बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार तयार रहेको पनि पटकपटक दोहोर्‍याए ।

संसद्‍मा गृहमन्त्रीको जवाफ : केपी ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने एकजना पक्राउ परिसके

इकागज | बैशाख १३, २०८०

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी ...

राष्ट्रिय परिचय पत्र : १३ अर्ब रुपैयाँ स्वाहा गरेपछि कार्यविधि खारेज

सदिक्षा आचार्य | बैशाख १२, २०८०

सरकारले राष्ट्रिय परिचयपत्र निर्माण गर्न भनेर एक करोड १८ लाख नेपाली नागरिकहरूको जैविक तथा वैयक्तिक विवर...

नागरिक उड्डयन मन्त्री किराती भन्छन्- गाई भैंसीभन्दा हवाईजहाजको गोठालो गर्न कठिन रहेछ

इकागज | बैशाख १२, २०८०

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुवई विमानमा चरा ठोक्किएको पुष्...

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज | बैशाख १०, २०८०

काठमाडौँ - नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा...

तनहुँ–१ मा मतदान सुरु

इकागज | बैशाख १०, २०८०

दमौली - तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु ...

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण अभियानमा जुट्न हुन प्रधानमन्त्री प्रचण्डको अपिल

इकागज | बैशाख ९, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण...