सरकार

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

इकागज | बैशाख २५, २०८०

काठमाडौँ - सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन् गर्न मन्त्रालयले जारी गरेको उक्त परिपत्रमा भनिएको छ । आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी विदेश भ्रमणमा गए या पठाइएमा त्यस्ता अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनी पनि सो परिपत्रमा दिइएको छ ।
रासस

सरकार विस्तारको गाँठो फुकाउन सुदूरपश्‍चिम सरकारको दौडधुप

इकागज | बैशाख २५, २०८०

कैलाली- मुख्यमन्त्री नियुक्ति भएको लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसकेको भन्दै आलोचित खेपिरहेक...

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्द...

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

इकागज | बैशाख २४, २०८०

काठमाडौँ- महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भए...

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौ...

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल ...

बुद्धले देखाएको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग गर्छ : सभामुख घिमिरे

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको  पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, क...

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

इकागज | बैशाख २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार ...