सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम लगाउने
काठमाडौँ– सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने छ,’ उनले भने, ‘रणनीतिक तथा व्यापारिक महत्वको सडकले निर्माण तथा स्तरोन्नति गरिनेछ । पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।’