सरकार

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

इकागज | जेठ २, २०८०

काठमाडौँ - सरकारले जनआन्दोलनमा घाइते भइ केही दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ । त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने  तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताइन् । 

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन् । उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दवाव नदिइएको स्पष्ट पारिन् । 

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

इकागज | जेठ १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता ...

मन्त्री लिम्बुले भनेः नेपाल स्काउटले युवालाई अनुशासन र राष्ट्रप्रति जिम्मेवार बनाउन नेतृत्वदायी भूमिका गर्नुपर्छ

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरूलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको ...

सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको निःशुल्क उपचार गर्छौं : मन्त्री बस्नेत

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको ...

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

इकागज | बैशाख २९, २०८०

काठमाडौँ- सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्...

सरकार विस्तारको गाँठो फुकाउन सुदूरपश्‍चिम सरकारको दौडधुप

इकागज | बैशाख २५, २०८०

कैलाली- मुख्यमन्त्री नियुक्ति भएको लामो समयसम्म पनि प्रदेश सरकार विस्तार गर्न नसकेको भन्दै आलोचित खेपिरहेक...