सरकार

प्रधानमन्त्री दाहाललाई थप आठ मन्त्रालयको कार्यभार

इकागज | फागुन १६, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्‍मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका थिए । उनीहरूले सम्हालेका मन्त्रालय अब भने प्रधानमन्त्री दाहालले नै सम्हाल्ने भएका हुन् ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन : भोलिदेखि आचारसंहिता लागू हुने

इकागज | फागुन १६, २०७९

काठमाडौं - राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट आचारसंहिता लागू हुने भएको छ । आचारसंहिता ...

मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १६, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका...

मन्त्री गाउँ आउँदैमा खोला-खोल्सीहरूमा दूध बग्दैन, सुन फल्दैन, विलासिता अन्त्य गरौ : मन्त्री किराती

इकागज | फागुन १५, २०७९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कार्यकालमा राष्ट्रिय विपत्ति र अत...

तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउँनेछु : प्रधानमन्त्री दाहाल

इकागज | फागुन १४, २०७९

गोरखा - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्...

सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई

इकागज | फागुन १४, २०७९

काठमाडौँ - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका स...

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन १४, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन्...

प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिने सरकारको निर्णय

इकागज | फागुन १२, २०७९

काठमाडौँ- सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ ...