सरकार

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

इकागज | फागुन १२, २०७९

काठमाडौँ - सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उनले बताए । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उनले जानकारी दिइन् । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।

'सार्वजनिक बिदा घोषणा भएका दिन पनि त्यस्ता कार्यालय भने खुला रहनेछन् । बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ', मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । बिदाका दिन र कार्यालयका नाम सूचीकृत भएपछि सार्वजनिक हुने उनको भनाइ छ ।
 
“जनताको सेवा प्रवाहका निम्ति महत्त्वपूर्ण ठानिएका मन्त्रालय, निकायले बिदाका दिन पनि काम गर्ने निर्णय भएको छ”, उनले भने । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिनेछ ।

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।&...

कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छः मन्त्री श्रेष्ठ

इकागज | फागुन ११, २०७९

काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराज...

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न चिनियाँ राजदूत सङ अघिअघि एमाले अध्यक्ष ओली पछिपछि

इकागज | फागुन १०, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भ...

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार, १९ गते जाने २२ गते फर्कने

इकागज | फागुन १०, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने भएका छन् । फागुन २१ गतेदेखि सुरु...

महावीर पुनलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु

इकागज | फागुन ९, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने ब...

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

इकागज | फागुन ९, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीला...

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ् पार्ने उपराष्ट्रपतिको विश्वास

इकागज | फागुन ९, २०७९

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड न...

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ : राष्ट्रपति

इकागज | फागुन ९, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुत...

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

इकागज | फागुन ९, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसह...