सरकार

२० वटा विधेयक पास गर्ने सरकारको तयारी

हिउँदे अधिवेशन कहिलेसम्म चल्छ ?

इकागज | माघ २३, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलयामान बनाउने कुरामा छलफल गरेका हुन् । उनले छलफलका क्रममा संसद्‍मा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरू पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिएको छलफलपछि जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जानकारी दिए । 

उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए । उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसद्‍बाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको उनले बताए  । ‘नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । त्यो पास गनुपर्छ भनेका छौँ । प्रधानमन्त्री गम्भीर बन्नुभएको छ,' उनले भने, 'करिब डेढ महिना यो सत्र चल्छ, यसमा करिब १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिवद्धता जनाउनुभयो ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने र विधेयकहरूलाई कसरी जनमुखी बनाउनेलगायत विषयमा छलफल गरेको बताए ।‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको छ,' नले भने । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भए पनि संसद्ले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए । उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसद्लाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल गरेको बताए । 

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसद्‍मा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिएको बताए ।

रास्वपाबाट मन्त्री बनेकाहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

इकागज | माघ २२, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहालला...

सत्तासाझेदार दलहरुको एकतालाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री दाहाल

इकागज | माघ २२, २०७९

काठमाडौँ  - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलहरुबीचको एकता...

श्रम मन्त्री अर्यालको चेतावनी- वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छु

इकागज | माघ २२, २०७९

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ...

किसानले तरकारी फालेपछि प्रधानमन्त्री प्रचण्डले दिए कृषि मन्त्री साहलाई माग सम्बोधन गर्न निर्देशन

इकागज | माघ २१, २०७९

काठमाडौँ- उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्र...

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ, हत्या अभियुक्त एमाले सांसद कोइरीलाई प्रहरीले भेट्दैन

इकागज | माघ २०, २०७९

काठमाडौँ - नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिए प...