सरकार

निर्देशन अवज्ञा गरे कारबाही गर्ने आयोगको चेतावनी

चुनाव प्रचार गर्ने आज अन्तिम दिन, राति १२ बजेदेखि स्थिर समय सुरु हुने

इकागज | मंसिर १, २०७९

काठमाडौं - मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आज राति १२ बजेबाट स्थिर समय सुरु हुने जानकारी दिए । 

स्थिर समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । दल तथा उम्मेदवारहरूले आज राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाउने छन् । 

आयोगको निर्देशन अवज्ञा गर्दै त्यस्ता गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचार–प्रसारका कुनै पनि गतिविधि गर्न नपाउने जनाएको छ । 

के के गर्न पाइँदैन ?
-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।

 

स्थानीय प्रशासन उम्मेदवारको पक्ष-विपक्षमा लागे सरकारी सेवा नै धरापमा पर्नसक्छ : आयुक्त भण्डारी

इकागज | कात्तिक २८, २०७९

काठमाडौँ - निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चे...

मोरङ-३ को चुनाव नसर्ने, नयाँ कार्यतालिका ल्याउने आयोगको तयारी

इकागज | कात्तिक २३, २०७९

काठमाडौं - नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको मोरङ-३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर ...

कोभिड र डेंगुबाट जोगिएर हर्षोल्लासपूर्वक छठ मनाऔँ : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा...

चुनाव शान्तिपूर्ण र निष्पक्ष गराउन सरकारले प्रबन्ध मिलाएको छ : प्रधानमन्त्री देउवा

इकागज | कात्तिक ९, २०७९

भक्तपुर- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन श...

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चियो, यसपछिको निर्णयले ठूलै भूकम्प आउला

बाबुराम भण्डारी | कात्तिक ४, २०७९

विराटनगर - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूले आचारसंहिता पालना नगरेकोमा अस...

सिडिओहरूलाई गृहसचिव सिंहको निर्देशन, आचारसंहिता कडाइका साथ पालना गराउनू

इकागज | कात्तिक १, २०७९

काठमाडौं - गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका स...

काठमाडौँका १० निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी, कहाँ को-को भिड्दै छन् ?

इकागज | असोज २६, २०७९

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जन...