सरकार

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जान्छ - प्रधानमन्त्री

इकागज | भदौ २४, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने जनाएका छन् । 

उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका हुन् । 

'सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ । विविध कारणले कुनै कुनै फैसला त्रुुटीपूूर्ण हुनसक्छन् । फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो । मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुुझ्नेछ र तपाईहरुले न्याय पाउनुहुनेछ ।' 

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित उक्त भेटमा प्रधानमन्त्री ओलीले भने, 'नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो । हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्व लागेका हुनसक्छन् । हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनुपर्छ । पृष्ठभूमि नै नभएका केही भूइँफुट्टाहरुले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन् । यसमा हामी सबै सजग हुनुपर्छ ।'
     
अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो । संघर्ष समितिले फैसला र सूचना कार्यान्वयनमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पत्तिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरेको छ ।
रासस

शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा विशेष जोड दिइरहेको छु : उपप्रधानमन्त्री सिंह

इकागज | भदौ २४, २०८१

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आ...

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

इकागज | भदौ २३, २०८१

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम ब...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

इकागज | भदौ २३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा ध्यान...

आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाइने तयाररी भइरहेको छः मुख्यमन्त्री

इकागज | भदौ २३, २०८१

दमक (झापा)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्...

हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने छौं- मन्त्री पाण्डे

इकागज | भदौ २३, २०८१

काठमाडौँ- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छान...

थप २० मिटर छोड्नुपर्ने फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्छ : मुख्यसचिव अर्याल

इकागज | भदौ २३, २०८१

काठमाडौँ- मुख्यसचिव एक नारायण अर्यालले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २...

‘खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ’

इकागज | भदौ २३, २०८१

वीरगञ्ज- खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न स...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

इकागज | भदौ २३, २०८१

काठमाडौँ- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो क...