सरकार

माओवादी घटक दलहरु बीचको एकता आवश्यकः प्रधानमन्त्री दाहाल

इकागज | कात्तिक ९, २०८०

रुकुम- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने,’हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’

केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो  । ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँवर्ष नै टिक्ने दावी गरे । उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्षनै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।‘

सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताए । ‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,’ प्रधानमन्त्री दाहालले भने ।

वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको उनले बताए । उनले भने, ‘हामीले मिटरव्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ ।’

रासस

राष्ट्रपतिको दसैँ शुभकामना: ‘न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस’

इकागज | कात्तिक ४, २०८०

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बडादसैँको सुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयल...

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’

इकागज | कात्तिक २, २०८०

काठमाडौं- चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनलाई बेइजिङस्थि...

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम जाँदै, यस्तो छ भ्रमण कार्यतालिका

इकागज | असोज २९, २०८०

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् । स...

यही वर्षमा १० वटा जहाज थप्छौँ, खरिद प्रक्रिया दसैँअघि नै सुरू हुन्छ : मन्त्री किराती {भिडियो}

इकागज | असोज २८, २०८०

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा ...

गठबन्धनले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | असोज २७, २०८०

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्ध...

विपद् व्यवस्थापनमा सबै वर्गको अपरिहार्य : गृहमन्त्री श्रेष्ठ

इकागज | असोज २६, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको  साझा प्रयासको ख...