सरकार

सरकारको सेयर स्वामित्व भएका संस्था एकीकरण, बचत तथा ऋणका सहकारी मर्ज गरिने

इकागज | जेठ १, २०८१

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बजेट निर्माणमा देखिएका समस्या क्रमश: समाधान गर्दै जाने बताए ।

नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने घोषणा गरेको हो ।

नीति तथा कार्यक्रममा विनियोजन कुशलता कायम गर्ने घोषणा गरिए पनि व्यवहारमा सरकारले पूर्वतयारी नभएका, खुद्रे प्रकृतिका परियोजनामा बजेट विनियोजन गरिरहेको छ ।

अन्धाधुन्ध आन्तरिक ऋण लिँदै उत्पादन नबढ्ने क्षेत्रमा खर्च गरिरहेको सरकारले नीति तथा कार्यक्रम मार्फत् आन्तरिक ऋणलाई उत्पादन बढाउने क्षेत्रमा मात्रै खर्च गर्ने गर्ने घोषणा गरेको हो ।

 
 

अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता : राष्ट्रपति

इकागज | जेठ १, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाच...

स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लि...

राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीत...

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख ३१, २०८१

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ- प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउ...

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | बैशाख २९, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासन...