सरकार

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।

मंगलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस)मा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन् ।’

शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताए । उनले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभर परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ । यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं ।’

‘पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको तपाईं–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने ‘उत्पादकत्वमा कमी, बेरोजगारीलगायतका कारण देशभित्र भविष्य नदेख्‍ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’

एउटै बैठकमा ६० हजार खर्च हुने मन्त्रिपरिषद्‌ बैठकको सरकारले गर्‍यो खाजा कटौती

इकागज | पुस १६, २०८०

काठमाडौँ- राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कट...

बालकुमारी घटना : सरकारले गर्‍यो पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन

इकागज | पुस १६, २०८०

काठमाडौँ- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आय...

सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने

इकागज | पुस १२, २०८०

काठमाडौँ- सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।  ...

एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौं : सञ्चारमन्त्री शर्मा

इकागज | पुस १२, २०८०

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन तथा छानबिन समि...

प्रधानमन्त्रीको प्रश्न : बिजुलीले देशमा उज्यालो ल्याउँदै छ, के यो लोकतन्त्रको उपलब्धि होइन र ?

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दि...

मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ : प्रधानमन्त्री दाहाल

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौँमा ल्याउने लक्ष्यसहित काम भइ...