सरकार

पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा छौं : प्रधानमन्त्री

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भए पनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताएका हुन् । उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताए । उनले व्यापार घाटामा पनि कमी आएको बताए ।

यस्तै उनले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशतले कम भएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताए ।

प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे । उनले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरिरहेको पनि जानकारी गराए ।

 

चालु आर्थिक वर्षको चैत्रभित्र दूध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री दाहाल

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दूध किसानहरूको बक्यौता रकम भु...

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन : प्रधानमन्त्री

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसिरहन ...

जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री दाहाल

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न...

सरकारको काममा मेरो हुटहुटीअनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री दाहाल

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएक...

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुँदैन : प्रधानमन्त्री दाहाल

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका छन् । मं...

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्रमुख प्राथमिकता : प्रधानमन्त्री

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृ...

कोशीमा एक्लै हिँड्दा सरकार विस्‍तार गर्न बिर्सेका मुख्यमन्त्री कार्की

अतिन आचार्य | पुस १०, २०८०

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएको झण्डै तीन महिना पुग्न लागेको छ । गत असोज...