पूर्वाधार

नारायणगढ-मुग्लिन सडक तीन साता बन्द हुने

इकागज | माघ १८, २०८०

भरतपुर- नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । 

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ-मुग्लिनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए  ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

इकागज | माघ १२, २०८०

रोल्पा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तल...

बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

इकागज | माघ ६, २०८०

म्याग्दी- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी...