पूर्वाधार

स्थानीयले बन्द गरे नख्खु–भैँसेपाटी सडक

इकागज | बैशाख २५, २०८०

काठमाडौँ- ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरूले सडक बन्द गरिदिएका छन् ।

नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडक बन्द गरिदिएका हुन् । स्थानीयहरूले सडक अवरुद्ध गरेपछि सवारी साधनहरू वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् । लामो समयदेखि सडक अलपत्र पार्दा धुवा, धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुँदै आवतजावतमा समस्यामा भएकाले बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारणहरू विरोधमा उत्रन बाध्य भएको बताए ।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरूपमा निर्माण हुन सकेको छैन । 

नारायणघाट–बुटवल सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

इकागज | बैशाख २५, २०८०

बुटवल - महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध प...

बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–वि...