पूर्वाधार

रिडी-तम्घास सडक वैशाख १५ देखि ३१ गतेसम्म बन्द हुने

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- रिडी-तम्घास सडक खण्ड १७ दिन बन्द हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय तम्घास, गुल्मीले उक्त सडक खण्ड अन्तर्गत पानीट्यांकी ठूलोढुङ्गामा यहीं वैशाख १५ देखि ३१ गतेसम्म सवारी साधन आवागमनमा रोक लगाउने भएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार निर्माण कार्य सुचारु गर्न पहरो फोरी सडक चौडा गर्नका लागि मुख्य सडक खण्डमा सवारी साधन आवतजावतले कठिनाइ भएको हुँदा र सवारी साधन नरोकी निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकाले बाटो बन्द गरिएको हाे ।

उक्त स्थानमा बिहान १० देखि दिउँसो १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

गत फागुन २६ गते निर्माण व्यवसायी श्री समानान्तर–एलिट जे.भी. र नेपाल सरकार, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय, चाकुपाट, ललितपुरबीच सडक निर्माण कार्यको सम्झौता भई निर्माण कार्य सुचारु भएको थियो ।

 

पर्वतको दोविल्ला-फलेवास सडक : ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे

इकागज | बैशाख ८, २०८०

पर्वत । पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घो...

भेरी करिडोर सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छाैं : मन्त्री खड्का

इकागज | बैशाख ८, २०८०

सुर्खेत- उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कर्णाली करिडोरको सडकलाई प्राथमिकतामा राखेर बज...

सम्पन्न हुनुपर्ने म्याद सकिन्छ तर अघि बढ्दैन पूर्वाधार निर्माणकाे काम

इकागज | बैशाख २, २०८०

मनाङ- हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने...