पूर्वाधार

हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द

इकागज | चैत १८, २०७९

बागमती- हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि बन्द गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रममा बन्द गरिएका हुन् । 

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ । वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ ।

त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेकका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

तीन वर्षमा सक्नुपर्ने नयाँ संसद् भवनको काम साढे तीन वर्षमा ६२ प्रतिशत मात्रै

इकागज | चैत १६, २०७९

काठमाडौँ - सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसाय...

निर्माणमा अनेक अड्चन खेपेको अन्तर्राष्ट्रिय रंगशाला अब बन्छ ?

सुभाष कर्ण | चैत ९, २०७९

जनकपुरधाम । खेलको माध्यमले जनकपुरधामलाई वैवाहिक सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्न गत १५ वर्षदेखि...