पूर्वाधार

एमसीसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

इकागज | मंसिर १२, २०७९

काठमाडौँ - अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै, रातमाटे(दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।

एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुने गरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।

लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता संघीय संसद्ले अनुमोदन गरेको थियो । रासस

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’

बसन्त महर्जन | मंसिर २, २०७९

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने न...

सडक फराकिलो बनाउने धनगढी महानगरको योजना, हात झिक्ने तयारीमा निर्माण कम्पनी

इकागज | कात्तिक ३०, २०७९

कैलाली - धनगढी उपमहानगरपालिकाले कैलालीपुलदेखि हुलाकी सडकको शुन्यविन्दु क्याम्पसरोडसम्मको सडक १५/१५ मिट...

ठेकेदार चुनावी मैदानमा, पुनः गौचरणमा परिणत हुँदै मझगाउँ विमानस्थल

दीपक उपाध्याय | कात्तिक २८, २०७९

कैलाली - झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु हुँदा यहाँका स्था...

जब गाउँमा पुल बन्यो

इकागज | कात्तिक ११, २०७९

गण्डकी । कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्...