Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्‍न सरकारलाई समितिको निर्देशन

इकागज | साउन २३, २०८१

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दीर्घकालिन रूपमा बाँदर नियन्त्रणका गर्नुपर्ने कारणहरूको अध्ययन गरी समाधान खोज्न र त्यसमा जटिलता देखिए एक महिनाभित्र समितिमा जानकारी गराउन वन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले जंगली जनावरलाई मानव बस्तीमा आउनका लागि रोक्न आवश्यक सुरक्षाको प्रबन्ध गरी क्षतिको न्यूनीकरण गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षतिको उचित मूल्याङ्कन गरी आवश्यक क्षतिपूर्तिको पहल गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अहिले ग्रामीण क्षेत्रमा रातो बाँदरको समस्या निकै देखिएको भन्दै यसअघि भारतमा अध्ययन गरेर प्राप्त भएको प्रतिवेदनको आधारमा समाधान खोजिने जानकारी दिए ।

उनले वन्यजन्तु सम्बन्धी ऐन कानुनहरूको समयानुकूल परिमार्जन गरी विकास र जनमैत्री बनाउनका लागि पहल गर्ने उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्ती लगायतका जनावरको आक्रमणबाट मानिसको ज्यान समेत गएकाले उचित समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने बताएका थिए । 

प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्‍ने तयारी

इकागज | साउन २३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा द...

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलबाट पक्राउ

इकागज | साउन २३, २०८१

काठमाडौँ- बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित वि...

मधेश प्रदेशमा इतिहासकै 'जम्बो' मन्त्रिमण्डल, मुख्यमन्त्री सिंहले बनाए नयाँ रेकर्ड

इकागज | साउन २३, २०८१

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रालय...