प्रमुख समाचार

साफ यु २० च्याम्पियनसिप : फाइनलमा नेपाल र बंगलादेश भिड्दै

इकागज | भदौ ११, २०८१

काठमाडौँ- साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् ।

फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु २० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहेको बताए । उनले बंगलादेशसँग समूह चरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे ।

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यासपनि एन्फा कम्प्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए । फाइनलको दबाब झेल्न नेपाली टीम तयार रहेको उनको भनाइ छ ।

त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्णरूपमा तयार रहेको बताएका छन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै टोली समूह 'ए' मा रहेका थिए ।

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

इकागज | भदौ ११, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर ...

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ : प्रचण्ड

इकागज | भदौ ११, २०८१

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरका...

युरोको भाउ १५० रूपैयाँ नाघ्दा पाउण्डको भाउ पनि १७७ रूपैयाँ नाघ्यो (सूचीसहित)

इकागज | भदौ ११, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअन...