प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | भदौ १४, २०८१

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि सह्य हुँदैन : गृहमन्त्री लेखक

इकागज | भदौ १३, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्...

विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन एमालेको ध्यानाकर्षण

इकागज | भदौ १३, २०८१

काठमाडौँ- नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राज...

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति

इकागज | भदौ १३, २०८१

काठमाडौँ- सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण...

तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह

इकागज | भदौ १३, २०८१

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै गरेको तीज मनाउने क्रममा अनावश्यक तडकभडक नगर्न आग्रह ग...

गुणस्तर पुष्टि हुन नसकेपछि श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

इकागज | भदौ १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख...